कांग्रेस नेता जोशीको अवस्था गम्भीर

कांग्रेस नेता जोशीको अवस्था गम्भीर

काठमाडौं, ४ चैत । नर्भिक इन्टरनेशनल हस्पिटलले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको जनाएको छ ।

अस्पतालले बुधबार विज्ञप्ति जारी गरी हाल भेन्टिलेटरमै राखेर उपचार भैरहेको उल्लेख गरेको छ ।

फागुन १३ गते राती स्वास्थ्यमा समस्या भएपछि जोशीलाई वीर अस्पतालमा परिक्षण गर्दा मस्तिष्कमा रगत जमेको देखिएको थियो । वीरले नर्भिकलाई रेफर गरेपछि १४ गतेदेखि जोशीको त्यहाँ उपचार भइरहेको छ ।

प्रकाशित मिति:     ४ चैत्र २०७७, बुधबार  |    Himali Khabar