काठमाडौं, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको भ्रमणमा जाने भएकी छन्। चैतको दोस्रो साता राष्ट्रपति भण्डारी बंगलादेश भ्रमणमा जान लागेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
बंगलादेशका राष्ट्रपतिको निमन्त्रणामा मार्चको अन्तिम साता रास्ट्रपति भण्डारी भ्रमणमा जान लागेकी हुन । भण्डारी मार्च २२ मा ढाका जाने सम्भावना छ।
बंगलादेश सरकारले बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीका अवसरमा छिमेकी र मित्र राष्ट्रका नेताहरूलाई निम्त्याएर विभिन्न कार्यक्रमहरू गरिरहेको छ।