चन्द्रागिरी ८ का सुदर्शन पन्तको सामाजिक यात्रा…

चन्द्रागिरी ८ का सुदर्शन पन्तको सामाजिक यात्रा…

काठमाडौं । सुदर्शन पन्त काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा ८ को लागि परिचित नाम हो । वि.सं.२०३३ चैत १९ गते जन्मिएका उनले जीवनमा नगरेको काम कम नै होला । पाउरोटी बेच्ने देखि, सार्वजनिक सवारीमा सह–चालक र पछि चालकसम्मको काम गरेका उनी पछिल्लो समय राजनीतिसँगै समाजसेवामा सक्रिय छन् ।

यो बीचमा उनले २०६६ देखि ०७२ सम्म नेपाल पोलिमार कम्पनी संचालन गरी प्लाष्टिकको दाना बनाउने व्यवसाय समेत गरेका थिए ।

सानैदेखि अरुको सेवामा रुचाउने उनले चन्द्रागिरी ८ मा दर्जनौ सामाजिक सेवाको काम गरेका छन् । स्थानीयलाई खानेपानी खुवाउनेदेखि बाटोघाटो र पाटीपौवा निर्माण गर्ने कार्यसम्मको नेतृत्व गरेका छन् । सामाजिक सेवाको काम गर्नकै लागि उनले २०६६ सालमा सेतीदेखि युवा क्वल गठन गरेका थिए । उनी अहिले पनि सो क्लवको अध्यक्ष हुन । उनले सोही क्लव मार्फत युवाहरुलाई एकीकृत गरेर सामाजिक कार्य गरिरहेका छन् ।

सुदर्शनले आफ्नै पहलमा २०६६ सालमै बोरिङ मार्फत सो वडामा एक घर एक धारो निर्माण गरिदिएका थिए । अहिले २ सय २५ घरधुरी रहेको सो वडामा उनले अव थप बोरिङ गरेर पानी बढाउने योजना बनाएका छन् । २०७२ सालको विनाशकारी भूकम्पले पानीको मुहना सुकाएपछि उनले वडा नं १ र ४ मा सार्वजनिक धारो नै निर्माण गरेर स्थानीयलाई पानी खुवाएका थिए । उनले स्थानीयलाई व्यवस्थित तबरले पानी खुवाउन धारापानी खानेपानी उपभोक्ता समिति समेत बनाएका छन् ।

क्लव मार्फत नै उनले मातातीर्थ स्थित भकुन्डेचौरमा खेलकुद मैदान समेत बनाएका छन् । सोही स्थानमा घामपानीबाट जोखिनका लागि पाटी समेत निर्माण गर्ने तयारीमा छन् । उनले यी सबै काम स्थानीय अग्रज, समाजसेवी, युवा, विभिन्न राजनीतिक पार्टी, उद्यमी, व्यवसायीहरुसँगको सहकार्यमा यी काम गरेकाले सफलता मिलेको बताउँछन् । यतीमात्र होइन उनले अष्ट्रेलियाको क्वलसँगका सहकार्यमा मातातीर्थमै टष्ट समेत बनाएका छन् ।

सेवालाई धर्म मन्ने उनले आगामी दिनमा राजनीति र समाजसेवालाई सँगसगै लैजाने योजना बनाएका छन् । जसमार्फत स्थानीयको सेवामा थप लाग्न पाइयोस् भन्ने उनको चाहना छ ।

प्रकाशित मिति:     ३ आश्विन २०७८, आईतवार  |    Himali Khabar