आइक्यासले डिजिटल नेपाल निर्माणमा सघाउँने छ : प्रवन्ध निर्देशक विष्ट

आइक्यासले डिजिटल नेपाल निर्माणमा सघाउँने छ : प्रवन्ध निर्देशक विष्ट

आइक्यास प्रा.लि.ले गतसाता नेपाल राष्ट्र बैंकबाट नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्न अनुमति पाएको छ । गतसाउनमा दर्ता भएको यो कम्पनीले राष्ट्र बैंकबाट अनुमति पाएसँगै अब कसरी सेवा सुरु गर्छ र के कस्ता सेवा सुविधाहरु उपलब्ध गराउछ भन्नेबारे आइक्यासका प्रवन्ध निर्देशक दिपेन्द्र विष्टसँग गरिएको कुराकानीको छोटो अंश ः

१) आइक्यास के हो र यसले कसरी काम गर्छ ?

आइक्यास भर्खरै मात्र नेपाल राष्ट्र बैंकबाट डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्न अनुमति प्राप्त कम्पनी हो । नेपाल सरकारले नेपाललाई पनि डिजिटल बनाउने लक्ष्य राखेको छ । र, सोही अनुसार विगत ३ वर्षदेखि काम गर्दै आइरहेको छ । त्यसले गर्दा अहिले भइरहेको नगद कारोबारलाई घटाउँदै यो अभियानलाई सघाउँन कम्पनीले काम गर्नेछ । यस्तै पिएसपी र इकमर्स काम गर्ने कम्पनीहरु छन् र उनीहरुलाई सहज बनाउन काम गर्ने छ ।

२) कम्पनीले कहिलेबाट सेवा सुरु हुन्छ ?

हामीले अनुमति पाएसँगै सेवा कहिलेबाट सुरु हुन्छ भन्नेमा चौतर्फी चासो छ । धेरैले सोधिरहनु भएको छ। तर अनुमति नपाएसँगै लाइभ गर्न नपाइने व्यवस्था छ । अब भने छिटै अर्थात बैशाख १ गतेदेखि हामी आमनागरिक माझ सेवा दिदै छौं । हाम्रो मोवाइल एप र आइक्यास बेव प्लेटफर्म मार्फत मोवाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डिटिएचको बिल भुक्तानी लगायतको सेवाहरु सहजरुपमा पाउँने छन् । डिजिटल भुक्तानीका अलवा आइक्यासलाई डिजिटल बैंकिङकै पस्किृत रुपमा अगाडि बढाउने हाम्रो लक्ष्य छ ।

३) फिनटेक कम्पनीहरुमा आइक्यासको भिन्नता के हो ?

तपाईले भने जस्तै अहिले नै विभिन्न कम्पनीहरुले काम गरिरहेका छन् । तर ति कम्पनीहरु विशेषगरी शहरमुखी छन् । गाउँगाउँमा डिजिटल भुक्तानी प्रवद्र्धनमा उनीहरुले खासै ध्यान दिएको पाइदैन । हाम्रो प्रमुख उद्धेश्य नै ग्रामिण क्षेत्रमा यसको प्रवद्र्धन गर्ने हो । पश्चिमबाट डिजिटल भुक्तानीका लागि अनुमति पाउँने आइक्यास पहिलो कम्पनी पनि हो । म यही क्षेत्रमा १४, १५ वर्षदेखि काम गर्दैछु । हाम्रो प्रमुख फोकसले सरकारसँगको सहकार्यमा पहिलो त पश्चिमलाई नै डिजिटल बनाउनु हो । त्यहाँका जनतालाई कसरी सहज सेवा दिन सकिन्छ भन्नेमा ध्यान दिन्छौं ।

प्रकाशित मिति:     ९ चैत्र २०७७, सोमबार  |    Himali Khabar