गुण एयरलाइन्समा आएको समस्याबारे छानविन गर्न कार्यदल गठन

गुण एयरलाइन्समा आएको समस्याबारे छानविन गर्न कार्यदल गठन

काठमाडौं । २ माघमा काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजमा आएको समस्याबारे छानविन गर्न सरकारले कार्यदल गठन गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार यस विषयमा छानविन गरी तीन दिन भित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन भएको हो । कार्यदलको संयोजक क्या. दधिराम निरौला तोकिएको छ । उनी नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सुरक्षा निरीक्षक हुन् ।

समितिको सदस्यमा नसिव आचार्य (इलेक्ट्रोनिकल इन्जिनियर/पर्यटन मन्त्रालय), सावित्री श्रेष्ठ राई (क्याविन क्रु निरीक्षक/प्राधिकरण) र सदस्य सचिवमा रितेशराज पन्त (पर्यटन मन्त्रालय) तोकिएको छ ।

प्रकाशित मिति:     ५ माघ २०७८, बुधबार  |    Himali Khabar