टानलाई सशक्त संस्थाको रुपमा अगाडि बढाउन अध्यक्षमा मेरो उम्मेदवारी–बाँस्तोला

टानलाई सशक्त संस्थाको रुपमा अगाडि बढाउन अध्यक्षमा मेरो उम्मेदवारी–बाँस्तोला

काठमाडौं । एशियन हेरिटेज गुप्रका प्रवन्ध निर्देशक, युवा पर्यटन व्यवसायी निलहरी बाँस्तोला (निलम) ले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । बाँस्तोलाले नेपालको पर्यटन क्षेत्रमा गौरवमय ईतिहास बोकेको टानलाई अझै सशक्त व्यवसायीक संस्थाको रुपमा अगाडि बढाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

बाँस्तोलाले कोरोना संकटबाट थलिएको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्दै पदयात्रा पर्यटनको विकासका लागि आफुले टानमा रहेर काम गर्ने बताए । टानको ४३ औँ साधारण सभा एवम् निर्वाचन आगामी माघ २८ गते हुँर्दैछ । विगत दुई दशक भन्दा लामो समय देखि नेपालको पर्वतीय पर्यटन क्षेत्रमा क्रियाशिल बाँस्तोला हाल एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो व्यवसायमा संलग्न छन् ।

विस २०३५ पुस २९ गते सगरमाथाको काख सोलुखुम्बु नेचा सल्यान गाउँपालिकामा जन्मनुभएका बाँस्तोला जन्मदेखि नै पर्यटकीय गतिविधिमा परिचित भए । १६ वर्षको कलिलो उमेरदेखि पर्यटकीय गतिविधिमा सामेल भएका बाँस्तोला विस २०५२ सालदेखि भने पूर्ण रुपमा पर्यटन व्यवसायमा आवद्ध भए ।

टान पनि सन् २००२ देखि आबद्ध छन् । सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य र सन् २०१७–२०१९ मा द्धितीय उपाध्यक्षमा रहेर काम गरिसकेका छन् । सो अवधीमा विभिन्न समितिहरुमा रहेर काम गरेको अनुभव उनीसँग छ । बाँस्तोलाले पर्वतीय पर्यटनको विस्तारका लागि देश तथा विदेशमा भ्रमण गरेका छन् ।

व्यवसायसँगै सामाजिक सेवामा पनि उनको सक्रियता निकै छ । एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत उनले भूकम्प, नाकाबन्दी र कोरोना लगायतका प्राकृतिक प्रकोपको समयमा अग्र भागमा रहेर सामाजिक कार्य गर्दै आएका छन् ।

प्रकाशित मिति:     २३ पुष २०७८, शुक्रबार  |    Himali Khabar