निगमका दुईवटा जहाज ग्राउण्डेड

निगमका दुईवटा जहाज ग्राउण्डेड

काठमाडौं । नेपाल वायुसेवा निगमको दुईवटा जहाज ग्राउण्डेड भएको छ । एउटा न्यारोबडी जहाजमा इन्जिनको समस्या आएकोे छ भने वाइडबडी जहाजमा विद्युतीय समस्याका कारण दुवै जहाजलाई ग्राउण्डेड गरिएको छ ।

९ एन एकेडब्ल्यू कल साइनको ए–३२० जहाजमा आज दोहा ल्याण्ड हुनेवित्तिकै इन्जिनमा समस्या आएको ती अधिकारीले बताए । त्यस्तैगरि ९ एन एएलवाइ कलसाइनको ए ३३० जहाजमा भने विद्युतीय समस्या आएको छ । यसअघि पनि उक्त जहाजमा सोही समस्या आएका कारण गत १६ डिसेम्बरमा दुबइको उडान रद्द भएको थियो । दुवै जहाजमा आएको गम्भीर समस्याका कारण निगमको प्राविधिक टोलीले ती जहाजहरु तत्कालका लागि ग्राउण्डेड गर्न सुझाएको थियो ।

प्रकाशित मिति:     १४ पुष २०७८, बुधबार  |    Himali Khabar