टानको ४२ औं र ४३ औं साधारण सभा फेब्रुअरी ११ मा, नयाँ नेतृत्व चयन गर्ने

टानको ४२ औं र ४३ औं साधारण सभा फेब्रुअरी ११ मा, नयाँ नेतृत्व चयन गर्ने

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४२ औं र ४३ औं साधारण सभा आगामी फेब्रुअरी ११ अर्थात माघ २८ गते हुने भएको छ । आज बसेको कार्यसमिति बैठकले साधारणसभाको मिति तय गरेको हो ।

यही साधारण सभाले टानको नयाँ नेतृत्व समेत चयन गर्नेछ । कोरोना महामारीका कारण केही ढिला गरी साधारण सभा मिति घोषणा गरिएको हो ।

टानको ४१ औं साधारण सभा २०७६ भदौं २० गते भएको थियो । सोही साधारण सभाले खुमबहादुर सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

अहिलेसम्म टानको आगामी अध्यक्षका लागि वर्तमान सचिव दामोदर ढकालले मात्रै दाबेदारी प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति:     ७ पुष २०७८, बुधबार  |    Himali Khabar