चतुर्ब्यूह नारायण धाम नारायणहिटीमा बुद्ध जयन्ती मनाइयो

चतुर्ब्यूह नारायण धाम नारायणहिटीमा बुद्ध जयन्ती मनाइयो

काठमाडौं। शान्तिका नायक भगवान् गौतम बुद्धको २६४८औँ जन्म जयन्ती राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, चतुर्ब्यूह फाउन्डेसन तथा राष्ट्रिय पोशाक घर नयाँबानेश्वरको संयुक्त आयोजनामा चतुर्ब्यूह नारायण धाम नारायणहिटीमा सम्पन्न भयो । गौतम बुद्ध:”अहिंसा र शान्तिका पर्याय” बिषयक प्रवचन कार्यक्रम शान्तिको सन्देश फैल्याउने गौतम बुद्धको योगदानको स्मरण गरी मनाइएको हो ।

बुद्धको जन्मस्थल लुम्बिनी तथा देशभरका बौद्ध घर, गुम्बा, चैत्य, विहारमा मनाईने बुद्ध जयन्ती प्रतिष्ठानले आध्यात्मिक ब्यक्तित्व समाजसेवी प्रमिला मानन्धरले आफ्ना दिवंगत पति शिवदास मानन्धरको सम्झनामा निर्माण गर्नुभएको बुद्धको प्रतिमामा माल्यार्पण तथा शान्ति पाठ गरि मनाएको हो।आज बैशाख शुक्ल पूर्णिमा , गोरखनाथ जयन्ती ,उभौली पर्वको तथा बुद्ध जयन्ती हो। गौतम बुद्धलाई विश्वभरी शान्तिको दुतको रुपमा बौद्ध धर्मावलम्बीले मात्र मात्र नभै अन्य धर्ममा आस्था राख्ने भक्तजनहरुले श्रद्धापूर्वक पूजा आरधना गर्दछ्न । राजा शुद्दोदनका जेठा छोरा युवराज भएर पनि राजदरबारको सुख सयल त्याग गरि शान्तिको खोजीमा हिँडेका गौतम बुद्धको जन्म, ज्ञान प्राप्त र ब्रम्हालिन भएको दिन बुद्ध पूर्णिमा नै भएकोले यसलाई विशेष रुपमा मनाईन्छ । गौतम बुद्धले प्राप्त गरेको आदर्श ज्ञानले गर्दा मानव जातिको इतिहासमा उनको नाम अत्यन्त उच्च छ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले स्थापना गरेको राष्ट्रिय बिभुती बर्ष २०८१ अन्तर्गत नेपालका १८ जना राष्ट्रिय बिभुती मध्ये दोश्रो बुद्ध जयन्ती राष्ट्रिय धरोहर प्रतिष्ठानका सदस्य हरिकृष्ण दाहालले संचालन गर्नुभएको उक्त कार्यक्रममा धर्मकृती विहारकी भिक्षु विरयावती गौतम बुद्धको जीवनी,बुद्धका उपदेशको प्रवचन तथा शान्तिपाठ तथा ध्यान गराएकी थिईन।

कार्यक्रममा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द मान्डब्य , माननीय भिमसेनदास प्रधान, समाजसेवी प्रमिला मानन्धर , नाट्यकर्मी तथा चलचित्र निर्देशक श्रीराम दाहाल, राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका अभियान्ता सास अधिकारी, सबिन गौतम, अच्युत बजगाई, दीपेन्द्र प्रकाश केसी, केदार न्यौपाने, सौरभ भण्डारी,मिना भण्डारी,शक्तिमोहन पौडेल लगायतका अभियान्ताहरुको उपस्थिती रहेको थियो ।

नेपालका १८ जना राष्ट्रिय बिभूतीहरुको जन्मजयन्ती र स्मृति जयन्ती मनाउदै आम नागरिकलाई बिभूतीहरुको सत्कर्म, योगदान र जिवनीलाई सर्वत्र जानकारी दिने तथा प्रतिमा बनाई पार्क तथा संग्राहलय बनाउने उदेश्य रहेको प्रतिष्ठानका संस्थापक राजानन्द माण्डव्यले बताउनुभयो।

प्रकाशित मिति:     १० जेष्ठ २०८१, बिहीबार  |    Himali Khabar