बोर्डको सुधार र पर्यटन प्रबर्द्धनका लागि मन्त्री तामाङलाई सापकोटाको सुझाव

बोर्डको सुधार र पर्यटन प्रबर्द्धनका लागि मन्त्री  तामाङलाई सापकोटाको सुझाव

काठमाडौं । नेपाल पर्यटन बोर्डका पुर्व संचालक समिती सदस्य राजेन्द्र सापकोटाले नेपाल पर्यटन बोर्डलाई प्रभाबकारी बनाउन बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई सुझाव दिनुभएको छ । सार्वजनिक निजी साझेदारीमा स्थापना भएको नेपाल पर्यटन बोर्ड पछिल्लो समय कमजोर बन्दै गएको भन्दै यसको सुधारमा जोड दिनुभएको हो ।

लामो समय देखि निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने ३ जना संचलक समितिका सदस्य पद रिक्त रहेको, एक वर्षदेखि बिदेशमा नेपालको प्रमोसन गर्न सकेको छैन र प्रमुख कार्यकारी अधिकृत पनि रिक्त रहेको यसबारे बिशेष चासो दिनुपर्ने बताउनुभएको छ ।

नेपालको पर्यटन प्रबर्द्धन गर्ने मुख्य उदेश्यले स्थापना भएको संस्थालाई विभिन्न बहानामा कमजोर बनाउन नहुने सापकोटाले बताउनुभयो । सस्थाको विकल्प भनेको अझ उन्नत र उत्कृष्ट कार्यसम्पादन गर्न सक्ने नेपाल पर्यटन बोर्ड मात्र हो´ उहाँले भन्नुभयो,यथाशिघ्र बोर्ड सदस्यहरु र कार्यकारी प्रमुख नियुक्ति प्रकृया अगाडि बढाई, लय बिहिन बनेको बोर्डलाई लयमा फर्काउने कार्य शुरु गर्न बिनम्र अनुरोध गर्दछु ।´

प्रकाशित मिति:     १ चैत्र २०८०, बिहीबार  |    Himali Khabar