वरिष्ठ पर्यटन व्यवसायी पौडेललाई विद्यावारिधि उपाधि

वरिष्ठ पर्यटन व्यवसायी पौडेललाई विद्यावारिधि उपाधि

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी एवम् नेपालका लागि नेशन अफ हवाईका राजदूत तेजेन्द्र शर्मा पौडेलले विद्यावारिधि (पिएचडी) उपाधि हाँसिल गर्नुभएको छ । बल्स ब्रिज युनिभर्सिटीबाट पर्यटन व्यवस्थापन (टुरिजम म्यानेजमेन्ट) विषयमा पिएचडी उपाधि हाँसिल गर्नुभएको हो ।

तीन दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशिल पौडेल गाउँले पर्यटन–नेपाल (भिटोन) का अध्यक्ष हुनुहुन्छ । नेपालको पर्यटन प्रवद्र्धनमा स्वदेश एवम् विदेशमा समेत सक्रिय हुनुहुन्छ । यसका साथै विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाको विभिन्न जिम्मेवारीमा रहेर मुलुकको पर्यटन विकासमा लागिरहनु भएको छ ।

पर्यटन व्यवस्थापनमा पिएचडी उपाधि हाँसिल गरेसँगै अब आफ्नो शैक्षिक अनुभवलाई समेत मुलुकको पर्यटन विकासमा लगाउने उहाँको भनाई छ ।

प्रकाशित मिति:     ५ फाल्गुन २०८०, शनिबार  |    Himali Khabar