६ महिनामा साढे ५ लाख पर्यटक आए

६ महिनामा साढे ५ लाख पर्यटक आए

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा साढे ५ लाख पर्यटक भित्रिएका छन् । पर्यटक आगमन बढेसँगै पर्यटकीय सेवाका होटलको संख्या पनि बढेको छ । चालु आर्थिक वर्षको ६ महिनासम्ममा नोपलमा दर्ता भएको होटल तथा रिसोर्टको संख्या २१२ वटा पुगेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ मा पर्यटकीय गतिविधिमा क्रमशः सुधार हुँदै गएको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको पुस महिनासम्म करिब ५ लाख ६० हजार विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका छन् । यो अवधिमा नेपालमा १ लाख ७६ हजार पर्यटक बढेका छन् । गत वर्षको सोही अवधिमा ३ लाख ८४ हजार पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए ।

२०८० असार मसान्तसम्ममा समग्र हवाई सेवा दिने कम्पनीको संख्या २.६ प्रतिशतले वृद्धि भई जम्मा ३९ वटा कम्पनी पुगेको छ । जसमध्ये ९ वटा आन्तरिक र ३० वटा अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनी रहेका छन् 

प्रकाशित मिति:     १ फाल्गुन २०८०, मंगलवार  |    Himali Khabar