लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् विश्व बौद्ध शिखरसम्मेलनका अध्यक्ष खेन्पो छिरिङ डा लामालाई अभिनन्दन

लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् विश्व बौद्ध शिखरसम्मेलनका अध्यक्ष खेन्पो छिरिङ डा लामालाई अभिनन्दन

काठमाडौं । लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष एवम् विश्व बौद्ध शिखर सम्मेलनको अध्यक्ष खेन्पो छिमे छिरिङ डाक्टर ल्हारक्याल लामालाई ह्योल्मो समाजले अभिनन्दन गरेका छन् । शनिबार ह्योल्मो समाजले बौद्ध तिनचुलीमा आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्मानपत्र र खादाले प्रथम ह्योल्मो खेन्पो लामालाई सम्मानित गर्नुभयो ।

भारतको राजधानी नयाँ दिल्लीमा केही दिनअघि सम्पन्न आइबिसीको दोस्रो महाधिवेशनबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामा अध्यक्षमा निर्वाचित भएका हुन् । बुद्धिस्टहरुको अन्तर्राष्ट्रिय फोरममा नेपालको यो अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो । डा.लामा यस संस्थाको स्थायी समिति सदस्य, अन्तर्राष्ट्रिय समिति सचिव हुँदै यसपटक सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

सम्मान कार्यक्रममा उहाँले विश्वभरका वैद्धमार्गिीहरुलाई नेपाल भ्रमणका लागि आह्वान गर्नुभयो । लुम्बिनीको विकासका लागि ऐतिहासिक काम गर्ने भन्दै उहाँले विश्वभर नेपाल बौद्धधर्माको केन्द्रको रुपमा परिचित गराइ पर्यटन प्रवद्र्धन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रकाशित मिति:     १६ मंसिर २०८०, शनिबार  |    Himali Khabar