पर्यटन सञ्जालमार्फत संकलित राहत प्रधानमन्त्रीलाई हस्तान्तरण

पर्यटन सञ्जालमार्फत संकलित राहत प्रधानमन्त्रीलाई हस्तान्तरण

काठमाडौं । होटल संघ नेपाल (हान)को नेतृत्वमा पर्यटन सञ्जालमार्फत संकलित राहत प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।

हानका अध्यक्ष अध्यक्ष विनायक शाहको नेतृत्वमा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको सञ्जाल टुगेदर फर टुरिजमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राहत हस्तान्तरण गरेको हो । यो राहत जाजरकोट तथा रुकम पश्चिमका भूकम्प पीडितका लागि संकलन गरिएको हो ।

पहिलो चरणमा होटल संघ नेपालको तर्फबाट १५ लाख ५६ हजार ८ सय ७८ रुपैयाँ र सदस्य होटल हिमालयको तर्फबाट थप ५ लाख रूपैयाँ बराबरको एक्रिलिक पञ्चु-५०० थान र लाइभ सेभर वाटर फिल्टर-१५ वटा साथै स्कल नेपालको तर्फबाट ५ लाख बराबरको ब्ल्यांकेट-२४० थान, स्लिपिङ व्याग-१०० थान, ह्विल चियर-५ थान, स्ट्रेचर-५ थान, प्रोटेक्टिभ सुट-२० थान सामग्री रहेको छ ।

प्रकाशित मिति:     १२ मंसिर २०८०, मंगलवार  |    Himali Khabar