प्रधानमन्त्री राहत कोषमा टानद्वारा ५ लाख ५ हजार ५५५ को चेक हस्तान्तरण

प्रधानमन्त्री राहत कोषमा टानद्वारा ५ लाख ५ हजार ५५५ को चेक हस्तान्तरण

काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ। आज टानका अध्यक्ष निलहरि बास्तोलासहित पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेक हस्तान्तरण गरेका हुन ।

गतकार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितहरुको सहयोगका लागि टानले उक्त रकम सहयोग गरेको हो ।

भुकम्पपछिको राहत तथा पुनर्निर्माणका लागि विभिन्न संघसंस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम संकलन गर्ने क्रम चलिरहेको छ ।

प्रकाशित मिति:     १२ मंसिर २०८०, मंगलवार  |    Himali Khabar