महासंघको केन्द्रिय सदस्यमा वरिष्ठ पर्यटन व्यवसायी सुवेदीले उम्मेदवारी दिने

महासंघको केन्द्रिय सदस्यमा वरिष्ठ पर्यटन व्यवसायी सुवेदीले उम्मेदवारी दिने

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी एवम् ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदीले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । यही चैत २८ र २९ मा हुने निर्वाचनमा सुवेदीले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जनकुमार श्रेष्ठको समुहबाट महासंघको केन्द्रिय सदस्यमा उम्मेवारी दिने बताइएको छ।

युनिक एड्भेन्चर इनटरनेशनल प्रालिका प्रवन्ध निर्देशक सुवेदीले पर्यटन क्षेत्रका ट्रेकिङ, ट्राभल लगायत समग्र पर्यटन क्षेत्रको प्रतिनिधीत्व गरि महासंघको केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवारी दिने तयारी सुरु गर्नुभएको हो । सुवेदी विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय छन । उनी रोटरी कल्ब अफ दरबारमार्गको सदस्यका साथै लायन्स कल्ब अफ नेपाल प्याराडाइजको अध्यक्ष समेत हुन ।

टानको अध्यक्ष तथा विभिन्न पदमा रहेर सफलतापूर्वक काम गरेको आफ्नो अनुभवलाई महासंघमा लगाउने उद्देश्य लिएर आगामी निर्वाचनमा उम्मेदवारी दिने उनले बताए । महासंघमा वस्तुगत संघहरुको भूमिकालाई थप प्रभावकारी बनाउँदै वस्तुगत संघहरुका एजेन्डाहरु लागु गराउन सरकार र सरोकारवाला निकायसँग लविङ गर्ने आफुनो चुनावी एजेन्डा रहेको उनले बताए ।

प्रकाशित मिति:     १६ चैत्र २०७९, बिहीबार  |    Himali Khabar