काठमाडौं । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मालाई पदाधिकारीहरुको प्रभावमा अध्यक्ष प्रकाश नरसिंह राणाले राजीनामा माग गरेका छन् । परिषद्को एक बैठकमा अध्यक्ष राणाले उपाध्यक्ष शर्मालाई राजीनामा दिन भनेको बताइएको छ।
उपाध्यक्ष शर्माले एक वर्षदेखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण यता ठमेलका व्यवसायी र घरधनीहरुको हकहितमा आवाज बुलन्द पार्दै आएका कारण अन्य पदाधिकारीहरु छायाँमा परेपछि उनीहरुले अध्यक्ष मार्फत शर्माको राजीनामाका लागि दबाव दिएको परिषद्का एक सदस्यले बताए ।
उनी कोभिड–१९ पर्यटन व्यवसाय विपत समन्वय समितिका संयोजक समेत हुन । अघिल्लो वर्षको चैतमा लकडाउन भएदेखि ठप्प ठमेलका व्यवसायहरुको मर्कामा मलमपट्टी लगाउन उनले निकै ठूलो प्रयास गरिरहेका छन् । यस्तै ठमेलको सुन्दरतालाई कायम राख्न उनकै नेतृत्वमा ५० औं वर्षदेखिका प्रयोगविहिन केवलतारहरु हटाउने, होर्डिङबोर्डहरु हटाउने तथा ठमेलमा सृजित सबैखाले नकारात्मक प्रवृत्तीका विरुद्द आवाज उठाउदै आएको र उनका कामबाट केही पदाधिकारीहरु रुष्ट बनेको ति सदस्यले बताए । कोरोनाबाट आक्रान्त व्यवसायीहरुलाई ठमेलबाट विस्थापित हुनबाट रोक्न घरभाडा छुटको अभियान लेराए पनि त्यसलाई विफल पार्न परिषदकै पदाधिकारीहरुले घरभाडा छुट नदिन घरधनीहरुलाई उचाल्ने काम गरेको आरोप छ । तर पछि त्यो अभियानले साथर्कता पाएको छ।
बैंक ऋणको ब्याज लकडाउन अबधीभर पुरै मिनाहा तथा एक बर्ष ५० प्रतिशतसम्म छुटदिने, सहुलियत ऋणको सुबिधाका लागि राष्ट्रबैंक तथा अर्थ मन्त्रालयसँग सहजिकरण गर्ने, विद्युतको डिमाण्ड शूल्क मिनाह तथा नियमित विद्युत शूल्कमा भारि छुट दिनुपर्ने माग लिएर तत्कालिन उर्जा मन्त्री वर्षमान पुनलाई ज्ञापन पत्र समेत उनी संयोजक रहेको समितिले बुझाएको थियो ।
लकडाउनको समयमा अलपत्र परेका पर्यटकहरुलाई रेस्क्यू गर्नेदेखि एयरपोर्टमा हेल्थडेस्क राख्ने, तत्काल पिसिआर रिपोर्ट व्यबस्था गर्ने र पर्यटकअरुलाई अनअराईभल भिसा तथा क्वारेन्टाइन बस्नुपर्ने बाध्यता हटाउनका लागि पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डमा निकै पहल गरेका छन् ।
साना तथा मझौला पर्यटन व्यवसायीहरुलाई कुमारी बैंकसँग बिनाधितो १५ लाख लाख सम्म ऋण प्रवाह गर्ने सम्झौतालाई नगर्न समेत कार्यसमितिकै पदाधिकारीहरुले बिफल तुल्याउन प्रयास गरेको समेत उनले सो कार्यक्रममै बताएका थिए ।
पछिल्लो समय कोरोनाको दोस्रो लहर बढिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरेर स्वास्थ्य विभाग टेकुबाट दश हजार खोपको स्विकृती गराई ठमेलका घरधनी , व्यवसायी तथा कर्मचारीहरुका लागि पिपल्स डेण्टल कलेज एण्ड हस्पिटल नयाँबजारमा खोप लगाउने व्यवस्था गर्नु शर्माको प्रशंसनिय कार्य भएको ठमेलका एक व्यवसायिले बताए । बैशाख ४ गतेदेखि ११ गते सम्म आठ हजार तीन सयले खोप लगाएको उपाध्यक्ष शर्माले जानकारी दिएका छन् ।
लामो समय काम गरेकाले एकदिन ब्रेक गरि परिषद्मा बैशाख १२ गते बोलाइएको समिक्षात्मक बैठकमा अध्यक्ष राणाले सामान्य छलफलका क्रममा विवाद हुँदा शर्माको राजीनामा माग गरेका थिए । पछिल्लो समय सबैसँग सहकर्या गर्दै अघि बढ्नुपर्ने बेलामा कसैको उक्साहटमा लागेर दिनरात अहोरात्र खट्ने व्यक्तिको मान मर्दन हुनेगरि प्रस्तुत हुने र राजीनामा माग्नुले गम्भिर प्रश्न खडा गरेको छ । आफुपनि केहि गर्न नसक्ने र केहि गर्न सक्ने क्षमता भएको मान्छेलाई कामगर्ने वातावरण सृजना गर्न नसक्ने र प्रसंशा गर्नुको साटो अरुको उक्साहटमा राजीनामा माग्नुले अध्यक्षको नैतिकता माथि नै प्रश्न तेस्रिएको ति सदस्यले बताए ।