सगरमाथा आरोहण गर्न ३ वटा अन्य हिमाल आरोहण गर्नुपर्ने व्यवस्था गर्न सुझाव

सगरमाथा आरोहण गर्न ३ वटा अन्य  हिमाल आरोहण गर्नुपर्ने व्यवस्था गर्न सुझाव

काठमाडौं । हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन उद्योगी व्यवसायीहरुले नयाँ सर्त अगाडि सारेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेटका लागि सरकारलाई दिएको सुझावमा ८ हजार माथिको हिमाल आरोहण अनुमति दिँदा त्यो भन्दा कम उचाइको ३ वटा हिमाल आरोहण गरेका लागि मात्रै अनुमति दिने व्यवस्था गर्नुपर्ने विषय समावेश गर्नु पर्ने सुझाव दिएको छ।

यस्तै कोभिडका कारण सबैभन्दा बढी असर परेको पर्यटन क्षेत्र सुधारका लागि सरकारले यी विषयमा ध्यान दिनुपर्ने महासंघमा अध्यक्ष शेखर गोल्छाको भनाइ छ। टुर ट्रेकिङ, र्‍याफ्टिङ र होटलमा बसोवास गर्न आउने पर्यटकलाई आगामी दुई वर्ष मूअ कर नलाग्ने व्यवस्था गर्दा यो क्षेत्र लयमा फर्कन सहज हुने उनको भनाइ छ। व्यवसायीले शिक्षा र स्वास्थ्य पर्यटनका लागि मध्यपहाडी लोकमार्गसँग जोडिएका अर्धशहरी भूभाग एवं सीमा क्षेत्रमा उच्चस्तरीय शैक्षिक संस्था एवं शिक्षण अस्पताल निर्माण गरिनुपर्ने विषयलाई पनि बजेटमा समावेश गर्न सुझाव दिएका छन्।

प्रकाशित मिति:     १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar