हिमाल आरोहण अनुमातिका लागि पर्यटन विभागमा निवेदन दिने बढे

हिमाल आरोहण अनुमातिका लागि पर्यटन विभागमा निवेदन दिने बढे


काठमाडौं, ३ चैत । वसन्त यामको आरोहणका लागि दुई वटा आरोही समूहले पर्मिट लिएका छन् । पर्यटन विभागका अनुसार मनास्लु हिमाल र नुप्से हिमाल आरोहणका लागि अनुमति जारी गरिएको हो ।

नुप्सेमा चार र मनास्लुमा एक जनाको आरोही टोली छन् । दुई वटा आरोही समूहलाई अनुमति जारी गरिएको र अन्य धेरै आरोहीले आरोहण अनुमतिका लागि विभागमा निवेदन आएको जनाइएको छ। आरोहण अनुमति माग्ने आरोहीमा अधिकांशले सगरमाथा र अन्नपूर्ण हिमाल आरोहण गर्न चाहेको विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत भीष्मराज भट्टराईले जानकारी दिए ।

आरोहणकै लागि अहिले विभागमा ५० भन्दा बढी अनअराइभल भिसाका लागि विभिन्न मुलुकका आरोहीले निवेदन दिएका छन् । मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरु भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ । कोभिड–१९ महामारीकै बीच आरोहणमा केही आशाका संकेत देखिएका छन् । बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आगामी वैशाखमा सगरमाथा आरोहण गर्ने भएको छ ।

प्रकाशित मिति:     ३ चैत्र २०७७, मंगलवार  |    Himali Khabar