काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा निलहरि बस्तोला विजयी हुनुभएको छ । हिजोसम्म मतदानबाट उहाँ सहित प्यानलै विजयी हुनुभएको हो ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्वितिय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा बिनोद सापकोटा, सचिवमा होमनाथ देवकोटा,कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्ष छिङ दोर्जि शेर्पा बिजयी हुनुभएको छ ।
कार्यसमिति सदस्यमा नमिनाथ देवकोटा, लाक्पा दोर्जि शेर्पा ,रामप्रसाद बन्जारा,राजु अर्याल ,गणेश बहादुर अधिकारी ,कुमार लामा,हेम बहादुर कार्की ,सुबास भण्डारी बिजयी हुनुभएको छ ।