काठमाडौं, २३ फागुन । अब नेपाल पर्वतारोहण संघ (एनएमए) र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) बाहेक अन्य संघसंस्थाको सिफारिसमा पनि पर्यटक नेपाल ल्याउन पाइने भएको छ ।
यसअघि एनएमए र टानबाट प्राप्त सिफारिसका आधारमा बोर्डले भिसा सिफारिस दिने गरेको थियो । अब भने आवश्यक भएमा अन्य संघसंस्थाले पनि भिसा सिफारिस माग्न सक्ने बोर्डका सूचना अधिकारी मणि लामिछानेले जानकारी दिए ।
भिसा माग गर्दा कम्तिमा ५ दिन होटेल क्वारेन्टिनमा रहने गरी बुकिङ खुल्ने कागजातको प्रतिलिपि, पर्यटकको नाम, पासपोर्ट नम्बरसहित आवश्यक सबै कागजात संलग्न रहेको सिफारिस पत्र समेत आवश्यक पर्ने भएको जानकारी दिइएको छ।