चाेरीकाे स्कुटर दिएर पैसा लिएर फरार गहतराज पक्राउ

चाेरीकाे स्कुटर दिएर पैसा लिएर फरार गहतराज पक्राउ

काठमाडौं । आफूलाई पाइलट भन्दै ठगी धन्दामा सक्रिय रविन गहतराज भनिने रविन सुनार पक्राउ परेका छन् । केही दिन अघि बाैद्द टुसालस्थित अश्री अटाे इन्टरप्राइजेजमा चाेरीकाे स्कुटर दिएर पैसा लिएर फरार भएका उनलाई साेमबार प्रहरीले पक्राउ गरेकाे हाे ।

फेसबुकमा पाइलटकाे ड्रेस लगाएकाे प्राेफाइल राख्दै ठगी धन्दामा सक्रिय उनका अरू ठगी धन्दाबारे पनि अनुसन्धान भइरहेकाे अपराध अनुसन्धान महाशाखाले जनाएकाे छ । उनले आफूलाई पाइलट हुँ भन्दै युवतीहरूलाई समेत ठगेकाे खबर आएकाले साे बारे पनि अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । अपराध महाशाखाले फरार सुनारलाई पक्राउ गरेर थप अनुसन्धानका लागि बाैद्द प्रहरी कार्यालयलाई बुझाएकाे छ ।

प्रकाशित मिति:     ९ बैशाख २०७९, शुक्रबार  |    Himali Khabar