काठमाडौं –रियादका लागि एकतर्फी भाडादर ३७ हजार

काठमाडौं –रियादका लागि एकतर्फी भाडादर ३७ हजार

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले यही वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ । वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ ।

कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु गर्न लागिएको जानकारी दिए । निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो ।

रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरीटी अफ सिभिल एभिएसन्सले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो । निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौं–रियाद–काठमाडौं सातामा दुई उडान गर्नेछ । सातामा तीन दिन उडान गर्ने योजना रहेपनि हाललाई सातामा दुई र छिट्टै सातामा नियमित तीन उडान गरिने भएकोे छ ।

काठमाडौँ–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर ३७ हजार कायम गरिएको जनाइएको छ ।

प्रकाशित मिति:     ४ बैशाख २०७९, आईतवार  |    Himali Khabar