नेपाल प्रहरीका चार जना एसएसपी डीआईजीपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका चार जना एसएसपी डीआईजीपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बुधवार बसेको बढुवा सिफारिस समितिको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डीआईजीपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम चार अनुसार उनीहरूलाई बढुवा गरिएको हो ।

प्रकाशित मिति:     १ बैशाख २०७९, बिहीबार  |    Himali Khabar