थुप्रै मुलुकले लगाए रुसका उडानमा प्रतिबन्ध

थुप्रै मुलुकले लगाए रुसका उडानमा प्रतिबन्ध

मस्को । युक्रेनमाथि गरिएको आक्रमणका कारण मस्कोमाथि व्यापक अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला थुप्रै युरोपेली मुलुकले रुसी उडानका लागि आफ्ना हवाई क्षेत्र बन्द गरेका छन् ।

शनिबार लात्भिया, स्लोभेनिया र रोमानियाले रुसबाट आउने केही उडानमाथि आफूहरूले प्रतिबन्ध लगाइरहेको बताएका छन् । त्यसअघि, रुसले आफ्ना जेट विमानमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका बुल्गेरिया, पोल्यान्ड र चेक गणतन्त्रबाट आउने उडानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने जनाएको थियो ।

यसैबीच, अब रुसको स्वामित्वमा रहेका विमानहरूले संयुक्त अधिराज्यको हवाई क्षेत्रमा प्रवेश नपाउने भएका छन् ।

प्रकाशित मिति:     १५ फाल्गुन २०७८, आईतवार  |    Himali Khabar