सशस्त्र प्रहरीमा एआईजीको एउटा दरबन्दी थप्ने प्रस्ताव

सशस्त्र प्रहरीमा एआईजीको एउटा दरबन्दी थप्ने प्रस्ताव

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को एउटा दरबन्दी थप गर्ने भएको छ । सीमा हेर्न छुट्टै विभाग बनाउने गरी सशस्त्र प्रहरीमा एक जना एआईजीको दरबन्दी थप गर्ने प्रक्रिया थालिएको हो ।

मन्त्रालयका एक उच्च अधिकृतले एआईजीको एउटा दरबन्दी थप गर्ने प्रक्रिया अघि बढिसकेको बताए । उनका अनुसार दरबन्दी थप्ने विषयमा अर्थ मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ ।

प्रकाशित मिति:     १२ माघ २०७८, बुधबार  |    Himali Khabar