प्रहरीमाथि लुटेरा समूहको आक्रमण, असई पोखरेल घाइते

प्रहरीमाथि लुटेरा समूहको आक्रमण, असई पोखरेल घाइते

जनकपुरधाम । धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ ।

धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार लुटेरा समूहको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन् । घाइते हुनेमा बटेश्वरी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मनोज पोखरेल छन् । टाउकोमा चोट लागेका उनको उपचार जारी छ ।

गएराति महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि लुटेराहरुले आक्रमण गरेका थिए ।

प्रकाशित मिति:     ५ माघ २०७८, बुधबार  |    Himali Khabar