चन्द्रागिरी नगरपालिका–८ गुर्जुधारमा चक्कु प्रहार गरी एक युवकको हत्या

चन्द्रागिरी नगरपालिका–८ गुर्जुधारमा चक्कु प्रहार गरी एक युवकको हत्या

काठमाडौं । चन्द्रागिरी नगरपालिका–८ गुर्जुधारमा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। आइतबार दिउँसो १२ः५० बजेको समयमा चन्द्रागिरी–८ मातातिर्थ घर भई गुर्जुधारा बस्दै आएका रोशन रिजालको हत्या गरिएको हो ।

एकआपसमा झगडा हुँदा २६ वर्षीय रिजालमाथि धारिलो हतियार प्रहार भएको हो । घाइते रिजाललाई उपचारको लागि सशस्त्र प्रहरी अस्पताल बलम्बु लगिएको भएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्या अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिए। पक्राउ पर्नेमा अनुज बस्नेत छन्। बस्नेतलाई महानगरीय प्रहरी प्रभाग बलम्बु र थानकोट वृत्तबाट खटिएको टोलीले बलम्बुबाट पक्राउ गरेको हो। त्यस्तै अर्का एक जनालाई धादिङको गजुरीबाट पक्राउ गरेर काठमाडौं ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:     ३ माघ २०७८, सोमबार  |    Himali Khabar