बहरानका राजपरिवारका सदस्य आगामी चैतमा सगरमाथा आरोहणका लागि आउने

बहरानका राजपरिवारका सदस्य आगामी चैतमा सगरमाथा आरोहणका लागि आउने

काठमाडौं, २० फागुन । बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणका लागि आगामी चैत २ गते नेपाल आउने भएको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आरोहण दलका सदस्यले बिहीबार भेट गरी सगरमाथा आरोहणका विषयमा जानकारी गराएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ । आरोहण टोलीमा बहराइनको राजपरिवारका एक सदस्यसहित बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक गरी १६ जना रहने जनाइएको छ ।

उनीहरु विशेष विमानबाट आउने र ७९ दिन नेपालमा रहने दूतावासदले जनाएको छ ।

प्रकाशित मिति:     २० फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar