कांग्रेस नेतालाई धम्काएको आरोप लागेका एसपी पाण्डे निलम्बित

कांग्रेस नेतालाई धम्काएको आरोप लागेका एसपी पाण्डे निलम्बित

काठमाडौं । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।

पाण्डेलाई मंगलबार निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिए । यसअघि पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएको थियो । पाण्डेको ठाउँमा एसपी अर्जुन तिम्सिनालाई पठाइएको छ । एसपी पाण्डे ८ असार २०७८ मा सिराहा सरुवा भएका थिए ।

प्रकाशित मिति:     २१ पुष २०७८, बुधबार  |    Himali Khabar