नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक वैद्यले सम्हालिन् कार्यभार

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक वैद्यले सम्हालिन् कार्यभार

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त भएकी छन्। कम्पनीमा नायव प्रबन्ध निर्देशक रहेकी वैद्य सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवस्तरीय निर्णयबाट निमित्त प्रबन्ध निर्देश नियुक्त भएकी हुन्।

मन्त्रालयले प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरे पनि उक्त प्रक्रिया पूरा भइनसकेको परिस्थितिमा वैद्यलाई निमित्त प्रबन्ध निर्देशकका रुपमा कामकाज गर्न तोकिएको जानकारी दिएको छ।

प्रकाशित मिति:     १९ पुष २०७८, सोमबार  |    Himali Khabar