भारतका १०० महत्त्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा

भारतका १०० महत्त्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा

काठमाडौं । भारतका १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा परेकी छन् । रेप्युटेशन टुडेले हालै सार्वजनिक गरेको १०० जना महत्वपूर्ण व्यक्तिको सूचीमा देवयानीसमेत परेकी हुन् । उक्त सूचीको ४६औं स्थानमा रहेकी उनी बहुराष्ट्रिय कम्पनी कोकाकोलासँग आबद्ध छिन् ।

असार महिनामा कोकाकोलाले देवयानीलाई भारत तथा दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार एवं दीगोविकास मामिला हेर्ने गरी उपाध्यक्षमा नियुक्त गरेको थियो । ४७ वर्षीया देवयानी राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शम्शेर राणाकी छोरी हुन् । नेपालमा २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डपछि देवयानीको नाम चर्चामा आएको थियो । उनी र युवराज दिपेन्द्रबीच प्रेम सम्बन्ध रहेको तर दरबारले उक्त सम्बन्ध अस्वीकार गरेपछि दिपेन्द्रले दरबारमा गोली चलाएको आधिकारिक प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति:     ९ पुष २०७८, शुक्रबार  |    Himali Khabar