प्रहरीका दुई एसएसपी डीआइजीपीमा बढुवाका लागि सिफारिस

प्रहरीका दुई एसएसपी डीआइजीपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्राविधिक समूहतर्फका दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहका एसएसपी डा‍.सञ्जयविक्रम श्रेष्ठ र डा.गोपेशकुमार ठाकुरलाई डिआइजीपी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति:     ७ पुष २०७८, बुधबार  |    Himali Khabar