न्युयर इभको अवसरमा कान्तिपुर होलिडेले दुवइमा विशेष कार्यक्रम आयोजना गर्दै

न्युयर इभको अवसरमा कान्तिपुर होलिडेले दुवइमा विशेष कार्यक्रम आयोजना गर्दै

काठमाडौं । अंग्रेजी नयाँ वर्ष-२०२२ को अवसरमा कान्तिपुर होलिडेले `कमेडी च्याम्पियन इन दुवइ´ सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी डिसेम्बर ३१ अर्थात न्युयर इभको दिन दुवइको क्लब याक एन्ड यति एभरेष्ट अस्टाेरिय होटेलमा आयोजना हुँदैछ।

कार्यक्रममा गायक शिव हमला, गायिका समिक्षा अधिकारीसहित कमेडी च्याम्पियन – १ र सिजन- २ का प्रतिस्पर्धी सुमन कार्की , हिमेश पन्त, सुमन कोइराला लगायतको विशेष प्रस्तुति रहने छ ।

नेपालमा यसको तयारी कान्तिपुर होलिडेले गरिरहेको छ भने दुवइमा फिस्टेल ट्राभल र इनास नामक एक संस्थाले गरिरहेको छ । न्युयर इभको अवसरमा आयोजित यो कार्यक्रममा दुवइमा रहेको ठुलो संख्याका नेपालीहरु सहभागी हुँदैछन भने नेपालबाट सहभागी हुन इच्छुकले कान्तिपुर होलिडेमा सम्पर्क गर्न सक्ने छन् । कोरोना महामारीको कारण भ्रमण र मनोरञ्जनात्मक कार्यक्रम नभए रहेको बेला यो कार्यक्रम विशेष बन्ने अनुमान छ । अझ त्यसमा पनि टेलिभिजनकाे पर्दामा कमेडी च्याम्पियन हेरिरहेकाहरुका लागि प्रत्यक्ष हेर्ने अवसर समेत मिल्ने हुँदा सहभागीहरु थप बढ्ने आयोजना कान्तिपुर होलिडेले जनाएको छ ।

प्रकाशित मिति:     २ पुष २०७८, शुक्रबार  |    Himali Khabar