काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असोजसम्ममा देशभर एक करोड २८ लाख ६० हजार फोरजी प्रयोगकर्ता छन् । यस्तै थ्रीजी प्रयोगकर्ता एक करोड २५ लाख ८७ हजार रहेका छन् ।
नेपालमा २०७३ पुस १७ गते फोरजीको सुरुवात भएको थियो । सेवा प्रदायकले फोरजी पूर्वाधार विस्तारलाई दिएको प्राथमिकता र थ्रीजीमा थप लगानी गर्न छाड्दा फोरजी प्रयोगकर्ताको हिस्सा बढेको देखिन्छ । फोरजी विस्तारमा मात्र मुख्य दुई सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले मात्र ३० अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । त्यस्तै अर्को सेवा प्रदायक स्मार्ट टेलिकमले फोरजी प्रविधिमा मात्र लगानी गरेको छ ।