काठमाडौं । २७ वाणिज्य बैंकहरुले आगामी मौद्रिक नीतिको समीक्षाका लागि ८ बुँदे सुझाव पेश गरेका छन् । बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर बैंकर्सहरुले आगामी मौद्रिक नीतिको समीक्षाका लागि सुझाव पेश गरेका हुन् ।
हेर्नुस् ८ बुँदे सुझाव ः
१) पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गर्दै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो), तरलता अनुपात, सीआरआर लगायतका विषयमा केही लचकता अपनाउने ।
२) ब्याजदर अन्तर, सेवा शुल्क तथा आधार दरका व्यवस्थाहरु तथा सुत्ररविधि पुनरावलोकन गर्ने ।
३) निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने सीमामा केही लचकता अपनाउने ।
४) एसई बण्ड लगायत कन्भर्टटेबल डेबेञ्चर, प्रिपेच्युअल डेबेञ्चर आदि जस्ता वित्तीय उपकरणहरु जारी गर्न उचित व्यवस्था गर्ने ।
५) पुनरकर्जामा प्रदान गरिने ब्याजदर अन्तर पुनरावलोकन गर्ने ।
६) भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज प्राप्त हुने गरी लगानी गर्न सकिने व्यवस्था गर्ने ।
७) डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न फिनटेक कम्पनीलाई सहायक कम्पनीको रुपमा स्थापनाको लागि उचित नीतिगत व्यवस्था गर्ने ।
८) बैंकहरुले वित्तीय साक्षरता लगायत बैंकिङ्ग प्रवर्द्धन कार्य गर्नका निमित्त आर्थिक सहयोग प्रदान गरेमा सो खर्च बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समावेश गराउन पाउने व्यवस्था गर्ने ।