काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको र भारतीय आयल कर्पोरेसनबाट प्राप्त भएको मूल्यसूचीअनुसार तेलको मूल्य बढेर आएको भन्दै निगमले कात्तिक १२ गते खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढायो । त्यसको एक साता पछि पुनः निगम सञ्चालक समितिको बैठकले स्वचालित मूल्य प्राणालीको अवमूल्यन गर्दै बुधबारदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा ३–३ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य ७५ रुपैयाँ वृद्धि ग¥यो । यसरी मूल्य बढाउदा पनि निगमलाई पाक्षिक रुपमा २ अर्ब ६२ करोड रुपैयाँ घाटा भइरहेको प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।
स्वचालित मूल्यप्रणाली अनुसार एक महिनामा २ पटक भन्दा बढी मूल्य समायोजना गर्न पाइँदैन । त्यस्तै एकपटकमा २ प्रतिशत भन्दा बढी मूल्यवृद्धि गर्न पनि पाइदैन । तर निगमले घाटा बढेको भन्दै एक सातामै दुई–दुई पटक मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरेको छ। अब स्वचालित मूल्य प्रााण्ली अनुसार मूल्य समायोजना गर्ने समय आउन एक साता पनि बाँकी छैन् । त्यो समयमा फेरि मूल्य बढ्ने हो की भन्ने चिन्ता उपभोक्तामा छ ।