त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनलसम्म निःशुल्क बस सेवा

त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनलसम्म निःशुल्क बस सेवा

काठमाडौं । त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई वटा माइक्रोबसलाई सो प्रयोजनका लागि उपयोगमा ल्याइएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सोमबार विमानस्थल मै पुगेर उक्त सेवाको प्रारम्भ गरेका हुन् । अहिले दुई वटा बसबाट सेवा शुरु गरिएको हो । थप दुई वटा बसको व्यवस्था गर्न समेत प्राधिकरणलाई मन्त्री आलेले निर्देशन दिएका छन् ।

प्रकाशित मिति:     २२ कार्तिक २०७८, सोमबार  |    Himali Khabar