तरलताको चरम अभाव कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानमा समस्या

तरलताको चरम अभाव कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानमा समस्या

काठमाडौं । पछिल्लो समय वित्तीय प्रणालीमा लगानीयोग्य रकम (तरलता) संकटले चरम रूप लिँदैछ । तरला अभाव हुँदै गएपछि अधिकांश बैंक तथा वित्तीय
संस्थाले नयाँ कर्जा रोकेका छन् ।

निरन्तर ऋणको माग बढेको तर त्यसको अनुपातमा निक्षेप संकलन हुन नसक्दा कर्जा रोक्नुपर्ने अवस्थामा बैंकहरु पुगेका हुन । तरलता अभाव हुँदा कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थनामा पनि समस्या भएको छ नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए ।

चालू आर्थिक वर्ष २०७८–०७९ को तीन महिनामा बैंकहरुले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा लगानी भने ३ खर्ब ४७ अर्ब रुपैयाँ गरेका छन् । कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन ज्यादै न्यून हुँदा बैंकहरु अहिले चरम तरलता अभावको अवस्था आएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

तरलता अभाव रहेका करिब डेढ दर्जन बैंकमध्ये ८ वटाले नयाँ कर्जा प्रवाह पूर्णरूपमा रोकेका छन । बाँकी बैंकले पनि प्राथमिकताका आधारमा स–सानो कर्जा मात्र प्रवाह गरिरहेका छन । अहिले वित्तीय प्रणालीमा करिब २० अर्ब रुपैयाँ मात्र तरलता छ । तरलता अभावको मारमा सबैभन्दा बढी पर्यटन, साना तथा मझौला उद्योगमा परेको गोल्छाले बताए ।

प्रकाशित मिति:     १७ कार्तिक २०७८, बुधबार  |    Himali Khabar