कोरोना प्रभावित क्षेत्रलाई पुनरकर्जा दिन आवेदन माग

कोरोना प्रभावित क्षेत्रलाई पुनरकर्जा दिन आवेदन माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनकर्जाका लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकका अनुसार पुनरकर्जा कार्यविधि २०७७ को तेस्रो संशोधन सहितको ९ (१) बमोजिम एकमुष्ट रुपमा पुनरकर्जाको लागि आवेदन माग गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले एकमुष्ट रुपमा हुने पुनरकर्जाका लागि आवेदन आह्वान गरेको हो ।

यसअघि असोज २५ मा जारी भएको परिपत्र अनुसार कोरोनाबाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुमा उक्त कर्जा दिन लागेको हो । आवेदन दिनका लागि केही शर्त समेत तोकेको छ । जसमा संस्थाले माग गर्ने कूल पुरकर्जाको रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने छ ।

पुनरकर्जाका लागि आवेदन गर्दा लघु, घरेलु तथा साना उद्यम क्षेत्रका ऋणीलाई अधिकतम मात्रामा समेट्ने गरी आवेदन दिनुपर्ने छ । कोरोनाले प्रभाव पारेका मध्ये अति प्रभावित र मध्यम प्रभावित गरी दुई भागमा विभाजन गरिएको छ । अति प्रभावितमा परेको पर्यटन अन्तर्गत ट्राभल, ट्रेकिङ एजेन्सी, पर्वतारोहण, ¥याफिटिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, हवाइ तथा पर्यटकीय यातायात लगायतका छन । मध्यम प्रभावितमा अस्पताल, नर्सिङहोम, निर्माण व्यवसाय र औषधी उत्पादक कम्पनी, छपाई, प्रकाशन तथा सञ्चार गृह आदी छन् ।

पुनरकर्जाका लागि मंसिर १९ गतेसम्म आवेदन बुझाउनु पर्ने छ ।

प्रकाशित मिति:     १४ कार्तिक २०७८, आईतवार  |    Himali Khabar