काठमाडौं । फेसबुकले आफ्नो कम्पनी नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । बिहीबार फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा सिइओ मार्क जुकरबर्गले फेसबुकको कर्पोरेट नाम सार्वजनिक गरेका हुन् ।
उनले कम्पनीलाई नयाँ नाम दिइएपनि मानिसहरूलाई साथ ल्याउने आफ्नो लक्ष्य भने परिवर्तन नहुने बताएका छन् । आफ्ना एप्स र तिनका ब्रान्ड पनि परिवर्तन नहुने उनले जानकारी गराएका छन् ।
कम्पनीअन्तर्गत लोकप्रिय समाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाटस्एप, इन्स्टाग्रामलगायत छन् । तिनको नाम परिवर्तन हुने छैन । फेसबुकले एउटामात्रै उत्पादनको प्रतिनिधित्व गरेका कारण नाम परिवर्तन गर्नुपर्नेको जुकरबर्गले कनेक्ट कम्फ्रेन्समा बताए ।