काठमाडौं प्रहरी प्रमुख सरुवाको निर्णय उल्ट्यायो

काठमाडौं प्रहरी प्रमुख सरुवाको निर्णय उल्ट्यायो

काठमाडौं । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको सरुवा गर्ने निर्णय रातारात उल्टिएको छ । गृह मन्त्रालयले गरेको सिंहको काज सरुवाको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको बताइएको छ ।

सिंहलाई सरुवा गरेर भैरहवा विमानस्थलमा पठाउने निर्णय मंगलबार भएको थियो । उनको स्थानमा केन्द्रीय अनुसन्धान व्युरोमा रहेका एसएसपी सुदीप गिरीलाई काज सरुवा गरिएको थियो ।

प्रकाशित मिति:     १० कार्तिक २०७८, बुधबार  |    Himali Khabar