धनुषा र सर्लाहीका प्रहरी प्रमुख काठमाडौं तानिए

धनुषा र सर्लाहीका प्रहरी प्रमुख काठमाडौं तानिए

जनकपुरधाम । प्रदेश २ का दुई जिल्ला (धनुषा र सर्लाही) का प्रहरी प्रमुख (एसपी) को काज सरुवा भएको छ ।

धनुषाका एसपी प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालयमा र सर्लाहीका एसपी सन्तोष सिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

धनुषामा रानाभाटको ठाउँमा एसपी बसन्त रजौरे र सर्लाहीमा राठौरको ठाउँमा एसपी कृष्ण प्रसाइँ आउने प्रदेश प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले जानकारी दिए । रजौरे प्रहरी प्रधान कार्यालयमा र प्रसाइँ प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा थिए ।

प्रकाशित मिति:     ७ कार्तिक २०७८, आईतवार  |    Himali Khabar