मिर्मिरे लघुवित्तको सीईओमा पुष्कर राज जोशी नियुक्त

मिर्मिरे लघुवित्तको सीईओमा पुष्कर राज जोशी नियुक्त

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुष्कर राज जोशी नियुक्त भएका छन् । 

कम्पनीको गत कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले जोशीलाई कात्तिक ८ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनको कार्यकाल आगामी चार वर्षसम्म कायम रहने जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पेश गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति:     ७ कार्तिक २०७८, आईतवार  |    Himali Khabar