काठमाडौं, १८ फागुन । नेपाल पर्यटन बोर्डको सञ्चालक समिति उपाध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी चन्द्र रिजाल नियुक्त भएका छन् । आज बसेको बोर्ड संचालक समिति बैठकले रिजाललाई उपाध्यक्ष चयन गरेको हो ।
पर्यटन बोर्डमा १० वर्षपछि उपाध्यक्ष बन्ने शौभाग्य रिजालले पाएका हुन। यसअघि सदस्यबीचकै खिचातानी र एकले अर्कोलाई स्वीकार नगर्ने परिपाटीको कारण बोर्डमा उपाध्यक्ष नियुक्त हुन सकेको थिएन्न ।
झन्डै एक महिना अघि रिजालसहित पर्यटन व्यवसायि ङावा ङिमा शेर्पा र कृष्ण शाह बोर्डको संचालक समिति सदस्य नियुक्त भएका थिए । बोर्डका अन्य सदस्य विप्लव पौडेल र पम्फा धमलासहित सबैको सर्वसम्मतिमा रिजालाई उपाध्यक्ष चयन गरिएको हो।
टानका पूर्व अध्यक्ष रिजालले विभिन्न पर्यटकिय संघसंस्थामा नेतृत्वदायी भुमिका रहेर काम गरिसकेका छन ।