काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना अर्थात साउन,भदौ र असोजमा मात्रै नेपाल आयल निगमले ६ अर्ब ६७ करोड रूपैयाँ घाटा व्यहोरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसरा यही अनुपातमा मूल्य वृद्धि हुने हो भने अक्टोबर अन्त्यसम्ममा घाटा नौ अर्ब पुग्ने छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने संकेत देखिएको छैन। निगमसँग मूल्य स्थिरीकरण कोषमा करिब ११ अर्ब रूपैयाँ बाँकी छ। मासिक यही क्रमले घाटा हुने हो भने निगमसँग भएको पुँजीले दुई(तीन महिना मात्रै धान्न सकिने छ।
निगम घाटामा गएको यो पहिलो पटक भने होइन। विगतमा पनि सार्वजनिक संस्थानको जग्गा राखेर सरकारले निगमलाई इन्धन ल्याउन ऋण दिएको थियो।