आरम्भ चौतारीले देउराली लघुवित्तलाई एक्वायर गर्न अनुमति पायो

आरम्भ चौतारीले देउराली लघुवित्तलाई एक्वायर गर्न अनुमति पायो

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त (एक्वायर) गर्नका लागि स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक्वायरका लागि स्वीकृति दिएको हो ।

आरम्भ चौतारीको केन्द्रीय कार्यालय काभ्रेको वनेपामा छ भने देउरालीको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ । आरम्भ र चौतारी लघुवित्त गाभिएर आरम्भ चौतारी बनेको हो ।

आरम्भ चौतारीले ७ प्रदेश ५२ जिल्ला १३७ वटा शाखा कार्यालय मार्फत ८७ हजार सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ। संस्थाले ४८ हजार ऋणी मार्फत ४ अर्व ७८ करोड कर्जा लगानी र १ अर्व ३६ करोड निक्षेप संकलन गरेको छ ।

प्रकाशित मिति:     २ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar