सशस्त्रका १० डीआईजीको सरुवा, को कहाँ ?

सशस्त्रका १० डीआईजीको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक ९डीआईजी०हरुको काज सरुवा गरेको छ । बिहीबारको मन्त्रीस्तरीय निर्णयले डीआईजीको काज सरुवा गरेको हो ।

सरुवा हुनेमा कमल गिरी १ नम्बर प्रदेश, गणेश ठाडा मगर २ नम्बर प्रदेश, किशोर प्रधान बागमती प्रदेश, शम्भु सुवेदी गण्डकी प्रदेश, कुलबहादुर नेम्वाङको लुम्बिनी प्रदेश, दुर्गा भट्टराई सुदूरपश्चिम प्रदेश, राजु अर्याल मानवस्रोत विभाग, सशस्त्र प्रहरी मुख्यालय र वंशि दाहाल ९ नम्बर बाहिनी रहेका छन् ।

त्‍यस्तै डीआईजी अभिकुमार खत्रीलाई कर्णाली प्रदेशमै यथावत रहेका छन् भने डीआईजीहरू नारायणदत्त पौडेल मानवस्रोत र सिपी गौतम सीमा सुरक्षा विभागमा सरुवा भएका छन् । त्‍यसैगरी मन्दीप श्रेष्ठ प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् ।

प्रकाशित मिति:     ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar