नक्कली नोटसहित दुई भारतीय जलेश्वरबाट पक्राउ

नक्कली नोटसहित दुई भारतीय जलेश्वरबाट पक्राउ

काठमाडौं । प्रहरीले महोत्तरीको औरही बजारबाट नेपाली नक्कली नोटसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शंकर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट एक हजारका २२ थान, पाँच सयका तीन थान, एक सयका २७ थान, पचासका छ थान, २० का आठ थान, १० का ११ थान, पाँचका छ थान र भारु एक सयका तीन थान नोट बरामद गरेको थियो ।

प्रकाशित मिति:     २ आश्विन २०७८, शनिबार  |    Himali Khabar