तरलता व्यवस्थापन गर्न २० अर्ब बराबरको रिपो जारी

तरलता व्यवस्थापन गर्न २० अर्ब बराबरको रिपो जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको २ हप्ते रिपो जारी गर्ने भएको छ । बैकिङ प्रणालीमा तरलता कम भएपछि अस्थिर बनेको अन्तरबैंक ब्याजदरलाई नियन्त्रण गर्न राष्ट्र बैंकले रिपो जारी गर्ने भएको हो। आज ९बिहीबार० जारी हुने रिपो असोज १४ मा परिपक्व हुनेछ।

बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या हुँदै गएकाले राष्ट्र बैंकले बोलकबोल माध्यमबाट २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेर बैंकिङ प्रणालीमा तरलता प्रवाह गर्न लगेको हो।१४ दिनको अवधि तोकिएको बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले भाग लिन पाउनेछन्।

मौद्रिक तरलता व्यवस्थापनको अल्पकालीन उपकरणको रुपमा आर्थिक वर्ष २०६१–६२ देखि बोलकबोलको मध्यमबाट नेपाल राष्ट्र बैंक र वाणिज्य बैंक, बिकास बैंक एवं वित्त कम्पनीबिच रिपो तथा रिभर्स रिपो कारोबार हुँदै आएको छ। रिपो बोलकबोलअन्तर्गत राष्ट्र बैंकले नेपाल सरकारको ट्रेजरी बिल धितोको रुपमा लिई बैंक तथा वित्तीय संस्थालाई तरलता उपलब्ध गराउने गर्दछ।

प्रकाशित मिति:     ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar